पश्चिम नेपालको मध्यपहाडी जिल्ला बागलुङको दक्षिणपूर्वतिर एउटा रमाइलो र घमाइलो बलेवा गाउँ छ । बलेवामा अहिले तीनवटा गाविस पैयुँपाटा, नारायणस्थान र अमलाचौर पर्छन् । मेरो जन्म अमलाचौर-७, गहतेरा भन्ने गाउँमा विक्रम सम्बत् २००३ साल साउन ४ गते शुक्रबार (१९ जुलाई १९४६) का दिन एक गरीब किसान परिवारमा भएको हो । जन्मकुण्डलीमा यही लेखिएको छ । तर स्कूल पढ्दा गुरुले मेरो जन्ममिति तीन बर्ष घटाएर लेखाइदिनु भएकोले सर्टिफिकेट र नागरिकतामा भने २००६ साल साउन ४ गते हुन गएको छ । आमा यशोदा पाध्या र बाबु शशिधर पाध्याको म पहिलो सन्तान हुँ । दुई बर्षको हुँदा म मुनि भाई जन्मेको थियो रे,
...विस्तृत